वीरगंज –सपर्क विहिन भएको बाराको एक युवकको शव संस्कास्पद अवस्थमा फेला परेको छ । मङ्गलबार साझ ७ बजेदेखि सम्पर्क विहिन भएका बाराको जितपूरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ राजानगर बस्ने २२ सुरज साह कानुको बुधबार साझ संस्कास्पद अवस्थामा शव फेला परेको बारा प्रहरीले जनाएको छ ।
उनको शव बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाही दरबार स्थित कोलोनीको दक्षिण पट्टि रहेको खेतमा फेला परेको प्रहरीले जनाएको हो । खेतमा रहेको परालको भूसामा लतपत अवस्थमा साहको शव फेला परेको हो।
स्थानीय र पारिवारिक सदस्यले साहको हत्या भएको हुनसक्ने बादी गरेका छन भने प्रहरीले पोष्टमार्टम पछी मृत्युको कारण खुल्ने जनाएको छ । शव घटनास्थल बाट मुचुल्का तयार गरेर पोष्टमार्टम गर्नको लागी प्रादेशिक अस्पताल कलैयामा लागिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।