समानुपातिकको बन्दसूची बुझाउन एकीकृत समाजवादी आयोगमा

नेकपा एकीकृत समाजवादी पार्टी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगमा समाजवादीका नेताहरु दिउँसो सवा ३ बजे पुगेका हुन् ।

बन्दसूचीको पहिलो नम्बरमा जनजातीतर्फ उपमहासचिव गंगालाल तुलाधरको नाम रहेको छ । समाजवादीले सम्पूर्ण क्लस्टर मिलाएर बन्द सूची आयोगमा बुझाउन लागेको हो ।

आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै तुलाधरले पार्टीले समानुपातिकमा १५ सिट ल्याउने दाबी गरे । उनले संघतर्फ ११० र प्रदेशतर्फ १२० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाएको बताए ।

 

Share your love