सभामुख अग्निप्रसाद सापकोटाले आउँदो चुनावमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।
उनले शनिबार पत्रकार सम्मेलन गरेर आउँदो मंसिर ४ गते हुने चुनावमा आफू उम्मेदवार नबन्ने जानकारी दिएका हुन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उनका भतिज माधव सापकोटाले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउने भएका छन् ।
नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य समेत रहेका सभामुख सापकोटाले आफू भने उम्मेदवार नबन्ने बताएका हुन् ।