सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका हुन् ।
बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको बा ८९ प ३२१५ तथा प्रदेश १०२ ०४४ प ८६१९ नम्बरका मोटरसाइकल शनिबार राति रोकिराखेको टिपरमा ठोक्किएका थिए ।
मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । घाइते २४ वर्षीय युवाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएकाे छ ।