सप्तरीमा किसानका लागि आएको गहुँ चोरी गरेको अवस्थामा कर्मचारी समातिए

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारी किसानका लागि आएको गहुँ चोरी गर्दै गरेको अवस्थामा समातिएका छन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर–६ कोचाबखारीमा रहेको कृषि शाखामा लुकाएर राखिएको गहुँ त्यसै शाखामा कार्यरत कर्मचारी भुवनेश्वर महतोले चोरी गर्दै गर्दा समातिएका हुन् ।

महतोले विना प्रक्रिया गएराति ९ बजे गाडीमा गहुँ लोड गर्दैगर्दा स्थानीय बासिन्दाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित प्रहरीलाई जानकारी गराएका थिए । लगतै प्रहरी टोलीले गहुँको गाडीसहित चोरीमा संलग्न महतो र अरु तीन जनालाई पक्राउ गरेको छ । उनीहरुसहित गहुँको एक सय बोरा गएराति नै इलाका प्रहरी कार्यालय सखडामा ल्याइएकाे छ ।

वडाअध्यक्ष कपिलेश्वर साहले गएको वर्ष किसानका लागि वितरण गर्न ल्याइएको गहुँ त्यसबेला पालिकाबाट केही बोरा लुटिएको तर, महतोले पूरै गहुँ लुटिएको ब्यहोरा पालिकालाई जानकारी गराएको र अहिले अरु बाँकी गहुँ चोरी गरेको हुनसक्ने बताउनुभएको छ ।

 

Share your love