सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीकाे ज्यान गयाे

सप्तरीमा करेन्ट लागेर एक जना विद्यार्थीकाे विद्यालयमै ज्यान गएको छ । राजविराजको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलकाे कक्षा १० मा अध्ययनरत तेसलान्नद यादवको ज्यान गएको हो ।

विद्यालयमा आयोजित क्रिकेट प्रतियोगितामा साउन्ड सिस्टम बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर राजगढ गाउँपालिका–१ झुटकीका यादवको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकका आफन्त तथा विद्यार्थीहरूले विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

मृतकका आफन्त तथा विद्यार्थीहरूले गजेन्द्रनारायण सिंह अस्पताल तथा स्कुल अगाडि बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दाेलन नराेकिने उनीहरूले बताएका छन् ।

 

Share your love