सप्तरीको भारदह स्थित कंकालिनी भगवती मन्दिरमा बडा दसैको महानवमीका दिन ६ सय ६९ राँगाको बलि दिइएको छ । सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदहमा अवस्थित नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा यतिको सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिले जनाएको छ ।
मङ्गलबार १२ बजेदेखि सुरु भएको राँगाको बलि साँझ ८ बजे सम्पन्न भएको थियो। यस्तै कङ्कालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानवमीसम्म करिब २५ हजारको हाराहारीमा खसीबोकाको बलि दिएको समितिले जनाएको छ । प्रत्येक वर्ष महानवमीका दिन मन्दिरमा राँगा, खसी बोका र परेवाको बलि दिने चलन रहेको छ ।