गएको बिहीवार आत्मसमर्पण गरेका लामिछानेलाई आज पहिलो पटक अदालतमा उपस्थित गराइएको हो ।
लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक बिदा परेकाले उनलाई अदालतमा उपस्थित गराइएको थिएन । अहिले जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गएको बिहीवार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
लामिछानेमाथि एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छन् ।
गएको भदौ २१ गते सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । भदौ ५ गते सन्दीपले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।