
सन्दीपले भोलिको खेल खेल्न नपाउने
नेपाली क्रिकेट टोली खेलका लागि युएई गइसकेपछि सर्वोच्च अदालतले ढिलो आदेश दिँदा उनले भोलिको खेल गुमाउने भएका हुन्।
बलात्कारको आरोप खेपिरहेका लामिछानेलाई पाटन उच्च अदालतले धरौटीमा छोड्ने तर विदेश जान नपाउने आदेश दिएको थियो। सो आदेशसँगै लामिछानेले नेपालमा भएको आइसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज खेल्दै उत्कृष्ट पुनरागमन गरेका थिए।
उनले पाटन अदातलले विदेश जान रोकेको भन्दै सर्वोच्चमा मुद्धा दायर गरेका थिए।
सर्वोच्चले उनलाई विदेश जानपाउने गरी अनुमति दिएपनि ढिलाई हुँदा भोलिको खेल गुमाउनु पर्ने भएको हो।
नेपाल क्रिकेट संघ(क्यान)ले उनलाई आज नै युएई पठाउनका लागि तयारी गरीहेको र भोलिको खेल गुमाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले रिपोर्टर्स नेपाललाई बताए।