भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सडक अतिक्रमण हुने गरी बनाइएका संरचनाहरू ३५ दिनभित्र हटाइ सक्न निर्देशन दिएको छ ।
नगरपालिकाले आज मङ्गलवार सूचना निकालेर सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना ३५ दिनभित्र नहटाएमा कारबाही गरिने बताएको हो । अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्ड विपरीत संरचना बनाइएको पाइएको नगरपालिकाको भनाइ छ ।
मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्नेलाई पनि कारबाहीको चेतावनी दिएको छ ।