सडकमा होस् वा चुनावमा, युवाको भूमिका निर्णायक हुनुपर्छ स् प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भातृ सङ्गठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।

आज शुक्रवार वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पहिलो संविधान सभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन भइ चुनावमा जित हासिल गराउने अभियान सञ्चालन गर्न योङ कम्युनिस्ट लिग वाईसीएललाई निर्देशन दिनुभएको हो । सडकमा होस् वा चुनावमा, युवाको भूमिका निर्णायक हुनुपर्ने उहाँको भनाइ छ ।

यस्तै भेलामा अध्यक्ष प्रचण्डले पार्टीमा सङ्घर्षमा जान नभइ पदका निम्ति प्रतिस्पर्धा हुने गरेको गुनासो पनि गर्नुभयो । सशस्त्र सङ्घर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै प्रचण्डले हिजोआज मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन थालेको बताउनुभयो ।

Share your love