संघीय संसद् सेवाको सर्वाेत्कृष्ट पुरस्कार उपसचिव सिर्जना बरालले पाएकी छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संघीय संसद व्यवस्थापन समितिले १ लाख रुपैयाँ राशिको पुरस्कारका लागि बरालको नाम छनोट गरेको थियो ।
७५ हजार रुपैयाँ रहेको उत्कृष्ट संसद सेवा पुरस्कार शाखा अधिकृत बाबुराम बस्यालले पाए । ५० हजार रुपैयाँको संसद सेवा पुरस्कार खरिदार चन्द्रप्रसाद ढुंगाना र माली चन्द्रबहादुर नगरकोटीले प्राप्त गरे ।