वीरगंज-जनता समाजवादी पार्टी पर्साले अधिकार प्राप्तिका लागी आफ्ना ज्यान गुमाएका सहिदहरुको सालिकमा आज बुधबार माल्यापर्ण गरेको छ । आज ८ औं संविधान दिवस सरकारले मनाई रहदा मधेश केन्द्रित दल जसपाले न त दिवस नै मनाएको छ न त बिरोद्ध नै गरेको छ , मौन बसेको छ ।
जसपा पर्साका अध्यक्ष रामनारेश यादवको अध्यक्षतामा वीरगंजको घण्टाघर स्थित सहित पार्कमा पुगेका नेता कार्यकर्ताले वि.स २०७२ सालमा अधिकार प्राप्तिका लागी राज्य संगको लडाईमा आफ्ना ज्यानको आहुति दिएर सहिद भएकाहरुको सालीमा माल्यार्पण गरेको जसपा पर्साका सचिव तबरेज अहमदले बताउनुभयो ।
सहिदको सालिकमा माल्यार्पण गर्दै जसपाका केन्द्रीय सदस्य फिरोद मन्सुरले विरोधका बाबजुद संविधान सभाबाट संविधान जारि भएको भएपनि धेरै प्रावधान मधेश , मधेशी र शोषण उत्पीडनमा परेको हितमा नरहेकोले संविधान सबैको सर्बमान्य बनाउनको लागी अझै संशोधनको आवश्यकता औल्याउनु भयो ।
आजै साझ ४ बजे पर्साको अर्को सदरमुकाम पोखरियामा समेत सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्नको लागी श्रद्धाञ्जली सभा हुनेको भएको सचिव तबरेज अहमदले बताउनुभयो ।
घण्टाघरस्थित सहिदहरुको सालिकमा भएको माल्यार्पण ककार्यक्रममा जसपाकी केन्द्रीय सदस्य रेखा साह , प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी ,प्रदेश सदस्य महाराज यादव ,बिरेन्द्र प्रसाद यादव लगायतको उपस्थिथि थियो ।