संर्घष समितीको नाममा संदिप साहले जिएचपीलाई बदनाम गर्न खोजे

संघर्ष समितीको नाममा संदिप साहले बिद्यालयको शैक्षिक वातावरण खराब गर्न खोजेको जिएचपी स्कुलले आरोप लगएको छ । बिहिबार स्कुलले पत्रकार सम्मेलनको आयोजना गरी कथित संघर्ष समितीको नाममा राजनिति गर्न खोजेका संदिप साह सहित केहि अन्य स्कुलका अभिभावकले जिएचपी स्कुलको शैक्षिक वातावरण खराब गरेको आरोप लगाएको हो ।
स्कुलका शिक्षकले संर्घष समितीका अध्यक्ष साहले अनावश्यक बिवाद खडा गरि बिद्यार्थीहरुलाई मानसिक तनाव दिन खोजेकोे आरोप लगाएका छन । शुल्क बारे कुनै विवाद नरहेको र परिक्षा बाट कुनै बिद्यार्थीलाई बञ्चित नगरिएको भएपनि कथित संर्घष समितिका अध्यक्ष साहले अनावश्य बिवाद खडा गरि बिद्यालय र शिक्षकलाई बदनाम गर्न खोजेको आरोप लगाए ।
संर्घष समितीले बिद्यालय प्रांगन भित्र गुणगर्दीको शैलिमा शिक्षक संग दुरव्यवहार गर्नुको साथै भिडियो बनाएर समाजिक संजालमा राखेको प्रति खेद प्रकट गर्दै त्यसकालागि कानुनी उपचार खोज्ने बिद्यालयका शिक्षकहरुले बताएका छन ।
पत्रकार सम्मेलनमा बिद्यालयका शिक्षकहरुको सहभागिता थियो ।
Share your love