संघ र प्रदेशको चुनावमा नलड्ने उद्धव थापाको घोषणा

आगामी मंसिर ४ गते हुने  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश-१ का नेपाली कांग्रेस सभापति उद्धव थापाले उम्मेदवारी नदिने घोषणा गरेका छन् । झापा-२ बाट उम्मेदवार हुने चर्चा चलिरहेकै बेला थापाले दुवै तहमा प्रतिस्पर्धा नगर्ने बताएका छन् ।

मुख्यमन्त्रीको सुनिश्चित गर्ने गरी प्रदेशसभाको उम्मेदवार हुने चर्चामा सत्यता नरहेको उनले बताए । झापाका पूर्व सभापति थापा नेता कृष्णप्रसाद सिटौला निकट हुन् । थापाले संस्थापन पक्षको साथमा प्रदेश १ को सभापति जितेका थिए ।

Share your love