शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ । हिजो साेमवार साढे १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९९ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ३५ विन्दुमा पुगेको छ ।
नेप्से सामान्य बढेकाे दिन दुई सय ३४ वटा कम्पनीकाे २५ लाख ८९ हजार कित्ता शेयर ९५ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज धौलागिरि लघुवित्त कम्पनीको शेयर छ प्रतिशत र एनसीसी बैंकको शेयर पाँच प्रतिशतले बढेको छ ।
* यसअघि अङ्क हुनुपर्ने ठाउँमा प्रतिशत भएकाेले सच्याइएकाे ।