शेयर बजार सामान्य बढ्यो, डेढ अर्ब रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८७ अङ्कले बढेर दुई हजार ५७ दशमलव ८५ विन्दुमा पुगेको छ ।

आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र लगानी समूहकाे शेयर सामान्य बढेको छ । अरू समूहको शेयर भने सामान्य घटेको छ ।

नेप्से समान्य बढेकाे दिन दुई सय २३ वटा कम्पनीकाे ३६ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १६ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिद्धार्थ इक्विटी फन्डकाे शेयर भने सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ ।

 

Share your love