शेयर बजार झन्डै ८ अङ्कले घट्यो, २ अर्ब ४ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतवार शेयर बजार घटेको छ । दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा ७ दशमलव ७२ अङ्कले घटेर २ हजार ६० दशमलव ५५ विन्दुमा झरेको छ ।

आज बैंक, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय १८ वटा कम्पनीको ५३ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब चार करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रो पावरको १२ करोड २८ लाख र अपी पावर कम्पनीको १० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज रिभर फल्स कम्पनी र हिमालयन हाइड्रो पावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार बढे पनि मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

 

Share your love