वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी

घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । ब्रिजटाउनमा आज बिहान सकिएको खेलमा न्युजिल्यान्ड ५० रनले विजयी भएसँगै तीन खेलको शृङ्खलामा एक–एकको बराबरी भएको छ ।

न्युजिल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५ ओभर ३ बलमा १ सय ६१ रनमा अलआउट भयो । उसका याननिची कारियहले ५२ रनको अर्धशतकीय पारी खेलेपछि टोलीलाई जिताउन सकेनन् ।

न्युजिल्यान्डका टिम साउथीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए । मिचेल स्टानरले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।

उसका फिना एलेनले ९६ रनको अर्धशतकीय पारी खेले । घरेलु टोलीका केभिन सिन्केलियरले ४ तथा जासन होल्डरले ३ विकेट लिए । अकिल होसेन २ तथा अल्जारी जोसेपले १ विकेट लिए ।

पहिलो खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल भोलि राति हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला न्युजिल्यान्डले २–१ ले जितेको थियो । तेस्रो टी–२० मा ८ विकेटले विजयी हुँदै घरेलु टोली वेस्ट इन्डिजले शृङ्खला क्लिन स्वीप हुनबाट जोगाएको थियो ।

 

Share your love