कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले भने, ‘एक साता अघि मल कलकत्ता आइपुगेको थियो, आज पहिलो ¥याक वीरगञ्ज आइपुगेको छ, भन्सार जाँच पासको प्रक्रिया पूरा भएपछि कार्यालयमा आउँछ, त्यसपछि वितरण सुरु गर्छौ ।’
जोर्डनबाट खरिद गरिएको डीएपी मलको लागत ६ हजार ७ सय ११ रुपैयाँ प्रति बोरा छ । ४ हजार ५ सय ११ रुपैयाँ सरकारी अनुदान रकम कटाएर २ हजार २ सय रुपैयाँ प्रतिबोरा बिक्री मुल्य कायम गरिएको छ । कम्पनीको प्रादेशिक कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० का लागि खरिद गरिएको ३० मेट्रिक टन युरिया ३० हजार मेट्रिक टन वितरण गरिसकेको छ ।
प्रादेशिक कार्यालय भए पनि वीरगञ्जबाट मधेश प्रदेशका ८ वटा जिल्ला, बागमती प्रदेशका सबै जिल्ला र गण्डकी प्रदेशको कास्की, पर्वत लगायत जिल्लाका लागि मल बिक्री वितरण हुने गरेको छ । वीरगञ्जबाट कृषि सामाग्री कम्पनीको १६ वटा शाखा कार्यालयमा मल जाने गरेको छ । साभार अनलाईन खबरबाट