वीरगञ्जमा एक पुरुष मृत भेटिए

वीरगञ्ज भन्सार क्षेत्रमा अन्दाजी ४० वर्षका व्यक्ति मृत फेला परेका छन् । वीरगञ्ज महानगरपालिका– १६ इनर्वा भन्सार नजिकै सशस्त्र प्रहरी बलको चेक प्वाइन्टदेखि पश्चिमतर्फ शव भेटिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मृत्युुको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने उनको भनाइ छ ।

पहिचान नखुलेको व्यक्ति भारतीय नागरिक हुन सक्ने प्रहरीको अनुमान छ । बिहान चिया खाएर सडकमा हिँड्दै गर्दा अचानक लडेका उनको होस नखुलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *