पर्सामा एकजना नक्कली प्रहरी पक्राउ परेका छन । पक्राउ पर्नेमा बाराका फेटा गाउँपालेका निवासी नक्कली प्रहरी जाकिर हुसेन रहेको सक्ल्ली प्रहरीले जनाएको छ ।
बिहिबार वीरगंज भन्सार नजिकै मधेश प्रदेशको घुमुवा प्रहरी हु भनेर सिमापारि बाट दैनिकी खाद्यान्न लिएर आउनेलाई धाकधम्की देखाएर पैसा उठाउने गरेका थिए ।
त्यहि क्रममा उनीमाथि आशंका लागेर स्थानीयले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय वीरतालाई खबर गरेका थिए । खबर पाए लगतै वडा प्रहरी बिर्ताबाट गएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका हुसेनलाई वडा प्रहरी कार्यालय वीर्ताले थप अनुसंधान गरिरहेको जनाएको छ ।