वीरगंज – नेकपा एमलेका नेता एवम पर्सा क्षेत्र नम्बर ३ का पूर्ब प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले वीरगंजबासिमा शिन्तिको अपिल गर्नुभएको छ । आज बिहान रेडियो सान्भीसंग कुरा गर्दै नेता रौनियारले द्वन्दग्रस्त क्षेत्रमा शान्ति कायम राख्न वीरगंजबासिलाई आग्रह गर्नभएको हो । सोमबार भएको घटना प्रति दु:ख व्यक्त गर्दै नेता रौनियारले घटनामा घाईते भएका प्रहरी जवानको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
उहाले सदियोदेखि संगै मिलिजुली बस्दै आएको हिन्दु मुस्लिम समुदय आजको दिनमा एक आपसमा लडेको देख्दा दुख लाग्ने गरेको बताउनुभयो । संसारक कहाँदेखि कहाँसम्म पुगिसकेको तर हामि साम्प्रादायिक झगडामा अल्झिएको देख्दा आश्चर्य लागेको बताउनुभएको हो । आपसी सद्भाव कायम गर्दै देश बिकासमा सबले ध्यान दिनुपर्नेमा उहाको जोड छ । उहाले साम्प्रादायिक द्वन्द गराउनेलाई पहिचान गरी कडा कारवाही गर्न स्थानीय प्रशासनसंग माग समेत गर्नुभयो ।
गत फाल्गुन ३ गते रौतहटमा मुर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको बिबादलाई लिएर सोमबार वीरगंजमा हिन्दुबादीले प्रदर्शन गरेका थिए । त्यहीबेला मुस्लिम समुदायले समेत जुलुश प्रदर्शन गर्दा दुईपक्षबीच झपड भएको थियो । स्थिति नियन्त्रण गर्न खटेका प्रहरीमाथि नै प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्दा ११ जना प्रहरी घाईते भएका छन । आज पनि वीरगंजमा निषेधाज्ञा जारि नै छ । विहान ६ बजेदेखि १० बजेसम्म खुलेको भएपनि स्थित पूर्णरुपमा ठिक नभएकोले फेरी निषेधाज्ञा कायम गर्नपर्ने अवस्था आईसको छ ।