वीरगंजको मेन रोड फराकिलो गर्ने मन्त्री राईको उदघोष

वीरगन्जको गण्डक देखि मितेरीपुल सम्म रहेको सडक १० दिन भित्र २५-२५ मिटर फराकिलो हुने र यसै गरि त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मेनरोड पनि साढे २२ मिटर दायाँ बायाँ सडक बन्ने, एक साता भित्र सुचना जारी हुने र नयाँ सडक बन्ने भौतिक पुर्वधार तथा यातायात मन्त्री इस्तियाक राईले उदघोष गरेका छन् ।

वीरगञ्जको तिलावे पुलको उदधाटन गर्नु हुन्दै सुचना जारी गरीने मन्त्री इस्तियाक राइले बताए । वीरगञ्जको मितेरी पुल देखी गण्डक सम्मको मेनरोडको अतिक्रम हटाएर बाटो बन्ने भएको छ ।

सर्वोच्च अदालतले २५ गज अर्थात ७५ फिट सडक विभागको क्षेत्रमा पर्ने आदेश गरीसकेको बताउनुहुन्दै मन्त्री राइले अतिक्रमण हटाउन एक सात भित्र सूचना प्रकाशन गरि नयाँ रोड निर्माणको कार्य अधि बढाउन सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापालाई निर्देशन दिनु भएको छ । वीरगञ्ज पथलैयाको सडक अन्तगत पथलैया देखि परवानीपुर ६ लेन र परवानीपुर देखि गण्डक सम्म ४ लेन सडक बनिसकेको छ ।

Share your love