विश्व कप फुटबल : जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया खेल्दै

विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् । जापान र क्रोएसियाबीचको खेल अल जानुब स्टेडियममा राति पोनै ९ बजे हुनेछ ।

आज दुवै टोली जित निकाल्दै क्वाटर फाइनलमा पुग्ने दाउमा छन् । जापान समूह ‘ई’ बाट  विजेता र  क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

यस्तै, ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।