विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको छ ।

आज शुक्रबार मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको हो । उहाँले वर्तमान सरकार महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको बताउनुभयो ।

उहाँले सरकारले विश्वासको मत लिएर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल लाग्नुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,-‘वर्तमान सरकार केही महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौं । सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ । यहि पुस २६ गते सरकारले संसदसमक्ष संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

विश्वासको मत लिएसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउनेछ । मन्त्रिपरिषदले पूर्णता पाएसँगै मन्त्रिपरिषद राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यमा केन्द्रित भएर गतिशित रुपमा अगाडि बढ्नेछ ।’

उहाँले मन्त्रिपरिषदले पूर्णता पाएसँगै सरकार जनता र राष्ट्रका समस्यमा समाधान गर्ने गरी गतिशिल रूपमा अगाडि बढ्ने बताउनुभयो ।