विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ । ११ वर्षमै विश्वको जनसङ्ख्या एक अर्ब थप भएको हो ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरुको २७ सम्मेलन, कोप–२७ लाई सम्बोधन गर्ने क्रममा जलवायु सङ्कटबाट विश्वका ८ अर्ब मानिसलाई जोगाउनका लागि तत्काल काम गर्नु पर्ने बताउनु भएको थियो ।