विराटनगर महानगरपालिकाका दुई स्थानमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
निर्वाचनको अघिल्लो दिन शनिबार विराटनगरका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको थियो । शनिबार विहान विराटनगर महानगरपालिका-३ को पुष्पमार्ग र दिउँसो विराटनगर– ३ खारजीमा शंकास्पद वस्तु फेला परेको हो ।
खारजीमा इनामेलको बट्टा खतरा राखेर राखिएको अवस्थामा फेला परेको उनले बताए । आतंक सिर्जना गर्ने उद्देश्यले राखिएका दुवै वस्तु निष्क्रिय बनाइएको उनले बताए ।