मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोवित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको बताउनुभयाे ।
चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको उहाँले बताउनुभयाे।