विन्दवासिनी गाउँपालिका अध्यक्ष तिवारीको उपस्तिथीमा सडक मर्मत

मुक्लेश गद्दी
वीरगंज–पर्साको बिन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको उपतिथिमा सडक मर्मत भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाठा स्थति गाद पुलको दुवै छेउमा सवारी साधनको चाप र वर्षाको कारण भएको खाल्डोलाई पालिका अध्यक्ष तिवारीको उपस्तिथीमा पुरिएको हो । उक्त खाल्डो बाट हुनसक्ने संभावित दुर्घटनालाई मध्यनजर गरी आफ्नै उपस्तिथीमा पूर्न लगाएको गाउँपालिका अध्यक्ष तिवारी जानकारी दिनुभयो ।

बिरगंज – भिस्वा जोडने आत्माराम साह सडक खण्डमा पर्ने गाद पुल भएर अहिले दैनिक हजारौं मानिस आफ्नो गन्तव्य तिर आउने जाने गर्ने भएको हुँदा खाल्डोको कारण कुनै समयमा दुर्घटना हुन सक्ने भएकाले अध्यक्ष तिवारीको निर्देशनमा पालिकाबाट जेसिबी र ग्रेबल लगेर पुल जोडने सडकको मर्मत गरिएको हो ।

गाद पुल छेउ सडकमा भएको खाल्डो मर्मत भए सङ्गै सो सडक भएर आवत जावत गर्ने यात्रुहरुले खुशी हुदै पालिका अध्यक्ष तिवारी लाई धन्यवाद समेत व्यक्त गरेका छन ।

Share your love