
वायुमण्डलमा मानवरहित तरिकाले राख्न मिल्ने शंकास्पद वस्तु पत्ता लगाउन बाइडेनकाे निर्देशन
अमेरिकी आकाशमा हालै देखिएका शंकास्पद वस्तुहरू चीनको निगरानी प्रणालीसँग सम्बन्धित रहेको वा नरहेको बारेमा थप अनुसन्धान गर्न समेत राष्ट्रपति बाइडेनले निर्देशन दिनुभएकाे हाे । खुफिया निकायको पछिल्लो अनुसन्धान अनुसार ति वस्तुहरू प्रायः निजी कम्पनीहरू वा मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थाहरूसँग सम्बन्धित बेलुनहरू थिए ।
तर यहि फेब्रुअरी ४ मा चीनले मुख्य रूपमा मौसम विज्ञानको अनुसन्धानका लागि प्रयोग गरिएको नागरिक हवाई जहाज भएको दावी गरेको विशाल बेलुनलाई एक हप्तासम्म देशमा घुमाएपछि खसालेको अमेरिकाको दावी छ । राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्ने अपेक्षा गरेको समेत बताउनुभएकाे छ ।