वडाध्यक्षलाई वीरगंज महानगरका प्रमुखको जिम्मेवारी

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष अजय कुमार बरैलाई वीरगञ्ज महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह असोज २ गतेदेखि मलेशियाको क्वालालम्पुरमा आयोजना भएको कांग्रेसको नवौँ नगर महाधिवेशनमा सहभागी हुन गएपछि कार्यवाहक प्रमुख जिम्मेवारी बरैले प्राप्त गरेका हुन् ।

भदौ ३१ गते राजेशमान सिंहले एक पत्र दिँदै बरैलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ ९क० १२ बमोजिम मलेशियाबाट नफर्कुञ्जेलसम्मका लागि कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको हो ।

प्रमुखले गर्नुपर्ने सामान्य दैनिक प्रशासनिक काम कार्यवाही निष्ठा र इमान्दारीका साथ गर्न पनि मेयर सिंहले आग्रह गरेका छन् ।

 

Share your love