काठमाडांैको यंगाल टोलमा रहेको यस हिति परिसरमा इँटाको संरचना भित्रै अंगार र खरानीको थुप्रो पनि फेला परेको छ ।
यो स्थान कसैको मृत्युपछि किरिया बस्ने ठाउँ हुनसक्ने अनुमान गरिएको छ । पुरातत्वविद उद्धव आचार्यले पुरातात्विक महत्वका संरचना फेला परेको भन्दै यहाँ फेला परेको ईँटाको संरचना किरिया बस्ने कोठा, बाटो, पर्खाल र सिंढी हुनसक्ने बताउनुभयो ।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र स्थानीय उपभोक्ता समिति मिलेर यंगाहितिको जिर्णोद्धार गर्ने क्रममा यी वस्तु फेला परेका हुन् । यहाँ करिव १४ सय वर्ष पुरानो तीन वटा हितिहरु र १३ सय ८२ पुरानो दुईवटा लिच्छविकालिन शिलालेख रहेका छन् ।