नेपाली राष्ट्रिय क्रिकेट टाेलीका स्पिनर घाइते भएका छन् । १९ औँ एसियाली खेलकुदकाे तयारीअन्तर्गत बुधवार त्रिवि क्रिकेट मैदानमा अभ्यासका क्रममा ललित घाइते भएका हुन् ।
घाइते भएका ललितकाे आज बिहीवार शल्यक्रिया गर्न लागिएकाे नेपाल क्रिकेट (सङ्घ) क्यानले जनाएकाे छ । ललित घाइते भएपछि एसियाली खेलकुदमा उनकाे सहभागिता अनिश्चित भएकाे छ ।
१९ औँ एसियाली खेलकुद प्रतियाेगिता अर्का हप्तादेखि चीनमा शुरु हुँदैछ । एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ ।
पाँच वटा टेस्ट टोली श्रीलङ्का, भारत, पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानले सिधैँ क्वाटरफाइनल खेल्नेछन् । समूह ‘ए’, ‘बी’ र ‘सी’ बाट विजेता टोली क्वाटरफाइनलमा पुग्नेछन् । समूह ‘ए’ मा रहेको नेपालले २७ सेप्टेम्बरमा मङ्गोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।
पछिल्लाे समय ललितले राष्ट्रिय टाेलीबाट राम्राे प्रदर्शन गर्दै आएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा २० खेल खल्दा २८ विकेट लिएका छन् ।