रौतहटमा हवाईफायर गरेर वन सुरक्षा गस्ती टोलीले अबिद्ध सालको काठ बरामद गरेको छ ।
वृन्दावन नगरपालिका वडा नम्बर १ रामलाल वृन्दवन साझेदारी वनभित्र शुरक्षा गस्ती टोलि र काठ तस्कर आमने सामने हुदा हवाईफायर गरेर काठ बरामद गर्नुपरेको हो ।
गएराती ११ बजेको समयमा वन अधिकृत अनिलकुमार महत्तोको कमाण्डमा खटिएको टोलीले वनक्षेत्र भित्र तस्करसंग भिडन्त गरेर तीनथान ५७ फिट सालको काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
उहाका अनुसार तस्करहरुले उक्त काठ लैजानको लागी प्रगोय गर्ने टायर गाडा र पाडोलाई समेत वन गस्ती टोलीले नियन्त्रणमा लिएको हो । बारामद काठ र नियन्त्रणमा लिएको टायरगाडा , पाडोको अन्जादी दूई लाख मूल्यांकन गरी आवश्यक अनुसन्धान अगाडी बढाईको डिभिजन वन कार्यालय चन्द्रनिगापुरले जनाइएको छ ।