रौतहटमा सशस्त्र प्रहरीको शिविर : १ हजार जनाभन्दा धेरैकाे स्वास्थ्य परीक्षण

सशस्त्र प्रहरी परिवार महिला सङ्घले रौतहटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार चार सय दुई जनाले परीक्षण गराएका छन् । परोहा नगरपालिका वडा नम्बर ४ लौकाहामा भएको शिविरमा स्वास्थ्य परीक्षण, स्त्री तथा प्रसूति रोग, आँखा, दाँत नाक, कान, घाँटीलगायत अन्य रोगकाे परीक्षण भएकाे थियो । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक र सशस्त्र प्रहरी बल नेपालबीचको सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सीमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणमा प्रभावकारिता ल्याउने उद्देश्यले शिविर सञ्चालन गरेको सशस्त्र प्रहरीले जनाएको छ ।