रौतहटमा नदीमा डुबेर एक बालकको मृत्यु 

रौतहटको राजदेवीस्थित  वाग्मती नदीमा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ ।  राजदेवी नगरपालिका- ९ का वीरेन्द्र दासका  ११ वर्षीय छोरा गौतम दासको दिउँसो वाग्मती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

नदीमा डुबेर अचेत बनेका दासलाइ स्थानीयले फेला परेका थिए । उनलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो । अस्पतालले उचारको क्रममा मृत्यू घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी दामोदर केसीले वाग्मती नदीमा डुबेर बालकको मृत्यु भएको घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।