रौतहटमा तीन राउण्ड गोली चल्यो, सुरक्षा सतर्कता बढाइयो

रौतहटमा तीन राउण्ड गोली चलेको छ । गुजरा नगरपालिकाको कनकापुर र गरुडामा गोली चलेको हो ।

प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा गरुडामा दुई राउण्ड गोली चलेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई उद्धृत गर्दै उज्यालो सहकर्मी  मदन ठाकुरले जनाउनु भएकाे छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीका अनुसार कनकापुरमा भने मतदान केन्द्रमा हुलहुज्जत हुँदा एक राउण्ड गोली फायर गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षा सतर्कता बढाइएको छ ।