वीरगंज –रौतहटमा आज मंगलबार बिहान चट्याङ खस्दा तिन जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन । जिल्लको गरुडा नगरपालिका वडा नम्बर ३ मलाही टोलमा रहेको स्थानीय सरोज सहनीको खेतमा काम गर्दैको बेला चट्याङ खस्दा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा गरुडा नगरपालिका ३ मलाहीगाउँका रुपनारायण सहनीकी श्रीमती ३९ वर्षकी सुदमिया देवी, निजकै छोरी १७ वर्षकी जगिया कुमारी र स्थानीय सत्यनारायण सहनीकी १८ वर्षीया छोरी मनिषा कुमारीको रहेका छन ।
त्यसैगरी चट्याङ लागेर सत्य नारायण सहनीकी श्रीमती ४० वर्षकी सहेली देवी घाइते हुनुभएको छ । प्रहरीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएपछि उनिहरुलाई उपचारको लागि गरुडास्थित सिटी हस्पिटलमा पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । घाइते सहेली देवीको उपचार सिटी हस्पिटलमा भइरहेको छ । घाइतेको अवस्था मध्यम खालेको रहेको प्रहरीले जनाएको छ ।