उहाँले पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरु उपयुक्त हुँदा हुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गनै अझै धेरै कामहरु गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नवप्रवद्र्धन र उद्यमशीलताका लागि युवा पुस्तालाई अभिप्रेरित गर्न परिसंघको ठूलो नैतिक एवं भौतिक कामको अपेक्षा मुलुकले गरेको पनि बताउनुभयो । उहाँले आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवद्र्धन गर्नसके आयातमा आधारित उपभोगप्रणाली यसमा आधारित राजश्व प्रणालीमा सुधार ल्याउन सकिने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले आर्थिक समृद्धिका लागि मुलुकमा आवश्यक पर्ने सबल मानव संशाधनको विकासमा मद्दत पुर्याउने हेतुले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा राज्यको परिपुरकको रुपमा परिसंघले थप योगदान दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सम्बन्ध बिस्तार गरी पुँजीको परिचालन गर्नु आजको आवश्यक्ता भएको बताउनुभयो ।