यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए ।
पार्टी खोलेर चुनावमा गएको भए प्रभु साहको पार्टी पनि चर्चित हुन्थ्यो होला ।
तर, स्वतन्त्र उम्मेदवारी दिएर प्रभु साहले आफूलाई मधेस प्रदेशमा जबर्जस्त स्थापित गरेका छन् ।
रविको पार्टीले ६ महिनामै प्रत्यक्षतर्फ सातवटा सिट मात्र जितेको छैन, समानुपातिकमा १५ सिट ल्याउने देखिएको छ ।
त्यस्तै, रञ्जिता श्रेष्ठ (रेशम चौधरीकी पत्नी) अध्यक्ष भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तीनवटा र बर्दियामा एक स्वतन्त्र गरी चारवटा सिट जितेको छ ।
सीके राउतको जनमतले संघमा सप्तरी २ मा मात्रै जिते पनि सो पार्टीबाट हालसम्म तीनजना प्रदेशसभा सदस्य निर्वाचित भइसकेका छन् ।