रेडक्रस सोसाईटी रामनगरी उपशाखाको ११ वार्षिक साधारण सभा सम्पन्न

वीरगंज –पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ रामनगरीमा रहेको  रेडक्रस सोसाईटी रामनगरी उपशाखाको ११ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा आ.व २०७८/०७९ को बार्षिक प्रतिबेदन , बार्षिक लेखापरिक्षक र आ.व  २०७९/०८० मा गर्ने अनुमानित कार्यक्रमको समेत अनुमोदन गरिएको छ  ।

साथै त्यस क्रममा ११ जना नयाँ कार्य समिति सर्वसमत बाट  चयन गरिएको छ । हरिन्द्र प्रसाद यादवको सभापतित्वमा चयन गरिएको समितिको उपसभापतिमा शुष्मा पाठक , सचिवमा जयनरेश साह , कोषाध्यक्षमा केशव राज पण्डित , सह-सचिवमा राधेश्याम राम सह-कोषाध्यक्षमा गीता गोसाई , सदस्यहरुमा वृजकिशोर पटेल , राजेश प्रसाद तेली , बबिता देवी राम , क्रिष्णा पण्डित सिकेन्द्र साह चयन हुनुभएको छ।

रेडक्रस सोसाईटी रामनगरी उपशाखाका सभापति हरेन्द्र यादवको सभापतित्व , बहुदरमाई नगरपालिकाका पूर्व नगर प्रमुख नितेन्द्र साहको प्रमुख अतिथ्यता र रेडक्रस सोसाईटी पर्सा शाखाका काशी प्रसाद साहको विशिष्ट अतिथ्यतामा साधारण सभामा सम्पन्न भएको हो ।