रुकुम पूर्व बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
काठमाण्डौबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रकाश डाँगीले जनाकारी दिनुभयो । मृतकको सनाखत हुन र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी डाँगीले बताउनुभयो ।

बस सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Share your love