जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग रवि लामिछानेलाई अध्यक्ष बनाउने बाहेक अर्को कुनै उद्देश्य नभएको पार्टीका रूपमा व्याख्या गरेका छन् । जनमत पार्टीको २१ माघमा बसेको सचिवालय बैठकमा अध्यक्ष राउतले छलफलका लागि पेस गरेको राजनीतिक प्रस्तावमा यस्तो उल्लेख गरेका हुन् ।
राउतले रास्वपाले नेपालको विविधता र सामाजिक संरचनाप्रति अनुभवको कमीले गर्दा मधेशी, आदिवासी, मुस्लिम, थारु सहितका सीमान्तकृत वर्गको मुद्दा सम्बोधन गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।
सुरु धेरै सम्भावना देखिए पनि दीर्घकालीन योजनाको कमी रहेका रास्वपाका अध्यक्ष लामिछानेले विगतमा गरेका गल्तीका कारणले लगातार संकटमा थपिएको र अब कसैले पनि यसको नेतृत्व लिन सक्ने अवस्था नरहेको राउतको विश्लेषण छ । राउतले रास्वपाको उदय कुने राजनीतिक वा आर्थिक दर्शन बोकेरभन्दा पनि वर्तमान पात्रहरूबाट निराश भएर आक्रोशित जनमतले मौका दिएर उदाएको पार्टीका रूपमा व्यख्या गरेका छन् ।