राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताबारे आगामी शुक्रबार मात्र निर्णय गर्ने भएको छ। आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारको समर्थन कायम राख्दै सरकारमा जाने/नजाने निर्णय गर्ने एक पदाधिकारीले जानकारी दिए।
रास्वपाको सोमबार केन्द्रीय समितिको बैठक बसेको थियो। बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने विषयमा छलफल गरेपनि टुंगो नलागेको ती पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।
‘आज सरकार र समर्थनका विषयमा छलफल भएपनि निर्णय भएन, अब शुक्रबार संयुक्त बैठक बसेर निर्णय गर्छाैँ,’ ती पदाधिकारीले भने। रास्वपाको सोमबारको केन्द्रीय समिति बैठकले पार्टी विभाग गठन गरेको छ।