आइतबार कोरोना संक्रमित हुुनुभएका उहाँले भिडियो मार्फत सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। प्रधानमन्त्री किशिदाले सम्बोधनका क्रममा अफ्रिकाको विकासका लागि ३० अर्ब डलर लगानी गर्ने प्रतिवद्धता समेत गर्नुभएकाे छ ।
उहाँले विभिन्न क्षेत्रमा अलग सहायता कार्यक्रमको पनि घोषणा गर्नुभएको थियो । संयुक्त राष्ट्र संघले शान्ति र स्थायित्वका निम्ति प्रभावकारी काम गर्ने हो भने सम्पूर्ण संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषद सुधार गरेर सबल बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा १५ सदस्य मध्ये ५ स्थायी सदस्य रहेका छन् । ती सदस्य राष्ट्रहरूले मन नपरेको मुद्दामा हुने बहस तथा मतदानमा भिटो लगाउन सक्नेसम्मको अधिकार रहेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा हाल अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत गरी ५ जना स्थायी सदस्य रहेका छन् । त्यसबाहेक अन्य १० सदस्य भने २ वर्षका लागि चुनिने गरेका छन् ।