राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि पुन: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेर उपचार थालिएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था असहज भएकाले अस्पतालमा भर्ना गरिएको शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार चिकित्सकहरूले उपचार जारी राखेका छन् ।
विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । तर सोमबार राष्ट्रपति पौडेलको छातीको तल्लो भागबाट निकालिएको पानी परीक्षणको रिपोर्ट के आयो भन्ने खुलाइएको छैन ।