राष्ट्रपतिलाई संविधान भन्दा बाहिर जान मिल्दैन –अहमद

वीरगंज –नेकपा माओबादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल  क्रान्तिकारी) का केन्द्रीय सदस्य मिरोज अहमदले राष्ट्रपति विद्या देवी भण्डारीलाई संविधान भन्दा बाहिर गएर निर्णय गर्न नमिल्ने बताउनुभएको छ ।

आज शुक्रबार रेडियो पर्साको रेडियो सान्भीमा प्रत्रकार श्रीनारायण महत्तो संग कुरा गर्दै केन्द्रीय सदस्य अहमदले राष्ट्रपति भण्डारीले संविधान भन्दा बाहिर गएर कुनै एक राजनीतिक दललाई खुसि पार्ने मनसायले नागरिकता विधेयक प्रमाणीकरण नगरेको आरोप लगाउनुभयो ।

उहाले राष्ट्रपतिको कदम बिरुध बिरोद्ध प्रदर्शन गर्ने योजनामा पर्साका संयुक्त विद्यार्थी संगठन रहेको र त्यस अनुसार नै तयारी गरिरहेको बताउनुभयो । कुनै किसिमको तोडफोड बिना शान्तिपूर्ण रुपले आन्दोलन हुने केन्द्रीय सदस्य अहमदले बताउनुभयो । राष्ट्रपति नेकपा एमालेको ईसारामा चलेको अहमदको आरोप छ ।

उहाले राष्ट्रपतिको कदमको बिरोधमा सर्बोच्च अदालतमा मुद्धा परेको र अदालतले सबै नागरिकता पिडितको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधि सभा र राष्ट्रिय सभाले दुई चोटी पारित गरेर पठाएको बिधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि अहिले राष्ट्रपतिको आलोचना भईरहेको छ ।