नेपाली कांंग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांंग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिनुभएको बताउनुभएको छ ।
उहाँले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दलहरु पनि सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले आज साँझ बस्ने चार दलीय बैठकले सो निर्णइ गर्नेपनि बताउनु भयो । उहाँले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिका लागि योग्य भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘माधवजी राष्ट्रपति पदको लागि अत्यन्त योग्य नेता पनि हुनुहुन्छ तर हामीले अहिले के भनेका छौँ भने नेपाली काँग्रेसबाट नै राष्ट्रपति बन्नुपर्छ भनेर भन्दै आएका छौँ । त्यसमा उहाँको सहयोगको अपेक्षा गरेका छौँ ।’ सांसद महतले संविधानको रक्षाका लागि नेपाली काँग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको बताउनु भयो ।