यो प्रतियोगितापछि उनले प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् । उनले भारतसँगको तीन खेलको टी–२० शृङ्खलाका लागि टोलीसँगै यात्रा गरे पनि उनी खेल्नका लागि फिट थिएनन् । राशिदले आयरल्यान्डसँगको शृङ्खलामा टोलीको कप्तानी गर्नेछन् । यस्तै अर्का स्पिनर मुजिब उर रहमान पनि टोलीमा फर्किएका छन् । अफगानिस्तान र आयरल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला भोलिदेखि शुरु हुँदैछ ।